काठमाडौं । प्रतिनिधि सभा बैठक बस्दैछ । बिहीबार बिहान ११ बजेदेखि बैठक सुरु हुने संसद सचिवालयले जानकारी दिएको छ ।
सचिवालयका अनुसार सरकारका तर्फबाट मन्त्रिपरिषदका सदस्यहरुले संसदमा उठेका जवाफ दिने कार्यसूची रहेको छ ।
गृह मन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री वलेन्द्र शाहको तर्फबाट माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले संसदमा तीन वटा विद्येयक लैजाद छन् ।
तीनवटा विद्येयकहरुमा (क) “प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने।
(ख) “मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने।
(ग) “राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने।
माननीय अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले “वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथिको दफावार छलफल सदनमा गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने। माननीय अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले “वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ लाई पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।


