CLI

भोलि ११ वटा संसदीय समितिको बैठक बस्ने

काठमाडौं । ११ वटा संसंदीय समितिको बैठक शुक्रबार बस्ने भएको छ । प्रतिनिधि सभा अन्तर्गतका ७ वटा, राष्ट्रिय सभा अन्तर्गतका ३ वटा र १ वटा संयुक्त बैठक शुक्रबार बस्ने कार्यसूची तय भएको हो ।

संसद सचिवालयका अनुसार प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिको ११ बजे , कानुन, न्याय तथा मानव अधिकार समितिको १ बजे, पूर्वाधार विकास समितिको ९ बजे, महिला तथा सामाजिक मामिला समितिको १ बजे, राज्य व्यवस्था तथा सुशासन समितिको २ बजे , शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको १ बजे र सार्वजनिक लेखा समितिको २ः ३० बजे बैठक बस्ने तय भएको हो ।

राष्ट्रिय सभा अन्र्तगत विकास, आर्थिक मामिला तथा सुशासन समिति ११ बजे, सार्वजनिक नीति तथा प्रत्यायोजित विद्यायन समितिको ११ बजे र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको पनि ११ बजे बैठक बस्ने तय भएको छ ।

दुवै सदनको संयुक्त अन्र्तगत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङकन समितिको ३ बजे बैठक बस्ने तय भएको छ ।

Leave Your Comment

Related News