काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले बिहीबारको प्रतिनिधि सभा बैठकमा विरोध गरेका छन् । उनले बैठक सुरु हुन साथ आफनो सिटबाट उठेर प्लेकार्ड सहित विरोध गरेका हुन् ।
उनले प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने माग गर्दै बैठकमा विरोध गर्दै आएका हुन् । जेठ ४ गतेदेखि सांसद राईले बैठकमा निरन्तर विरोध गर्दै आएका छन् ।
उनले विरोध गरे सँगै सभामुख डोलप्रसाद अर्यालले बोल्ने समय दिएका हुन् ।


