काठमाडौं । कक्षा ११ को पठनपाठन आगामी आगामी असार १ गतेबाट सञ्सुचालह हुने भएको छ ।
गत बैसाक २८ गते माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता प्रकाशित भएको थियो । यसै बीच मन्त्रालयले कक्षा ११ को पठनपाठन असार १ गतेबाट सञ्चालन गर्ने निर्निण गरेको छ । सोही बमोजिम शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना प्रवाह गर्न सम्पूर्ण विद्यालयहरु र स्थानीय तहहरूमा पत्राचार समेत गर्ने गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पत्राचार गरेको छ ।
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि आरम्भ गर्दा विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि हुने साथै विद्यालय तहका सबै कक्षाको पठनपाठनमा एकरूपता कायम हुने गरी व्यवस्था गरिएको छ ।


