CLI

नौतनुवा रेलवे कनेक्टीभिटी जोड्ने भारतसँग कुटनीतिक पहल तत्काल अघि बढाउन सरकारलाई आग्रह

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद पुनम अग्रवालले नौतनुवा रेलवे कनेक्टीभिटी जोड्ने भारतसँग कुटनीतिक पहल तत्काल अघि बढाउन सरकारलाई आग्रह गरेकी छिन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भैरहवा नाकाबाट गर्न करिब ८ देखि ९ किलोमिटर दुरीमा रहेको नौतनुवा रेलवे कनेक्टीभिटी जोड्ने योजना अघि बढाउन भारतसँग कुटनीतिक पहल गरी तत्काल अघि बढाउन सरकारलाई आग्रह गरेकी हुन् । ‘नेपाल इन्टरमोडल यातायात ट्रान्सापोर्ट डेभ्लपमेन्ट बोर्डको अध्ययन अनुसार पनि रेलवेय मार्गबाट हुने ढुवानी ट्रकबाट हुने ढुवानी भन्दा पनि ४० प्रतिशतले सस्तो हुनजान्छ यसर्थ दैनिक ४०० देखि ५०० मालबाहक भित्रिने भैरहवा नाकाको समस्या समाधान गर्न करिब ८ देखि ९ किलोमिटर दुरीमा रहेको नौतनुवा रेलवेय कनेक्टीभिटी जोड्ने योजना भारतसँग कुटनीतिक पहल गरी तत्काल अघि बढाउन सरकारलाई आग्रह गर्छु ,’ उनले भनिन् ।

सांसद अग्रवालले भैरहवा नाका व्यस्त नाका हुँदा यसको समस्या समाधान गर्नुपर्ने बताइन् । ‘ अहिले भैरहवा नाकामा जामले सास्ती छ सामान लोड गरेर नेपाल आउने ट्रकलाई हप्तौं लाग्ने गरेको छ । वार्षिक १ खर्ब हाराहारी राजस्व संकलन गर्ने यो नाकाबाट निर्यात पनि २० अर्ब माथि रहेको छ । हामीले निर्यात प्रवद्र्धन नीति लिइरहँदा रेलवेय कनेन्कसन नभएकोले हाम्रा नेपाली उत्पादन भारतसम्म पनि ढुवानी खर्च महँगो हुन गइरहेको छ’, उनले भनिन्,‘ भटमासको तेल सेन्थेटिक यार्न , खयर, पिना, चाउचाउ , पास्ता सिमेन्ट क्लिङकर अनेकौं स्वदेशी उत्पादन भैरहवा नाका हुदै निर्यात भइरहेको छ तर ढुवानी खर्च बढी हुँदा प्रतिस्पर्धा र लाभ उठाउन उद्योगीलाई गाह्रो भइरहेको अवस्था छ ।’

उनले रुपन्देहीको बेलया सुनौली नाकामा निर्माणधीन आइसीपी एकीकृत चेकपोष्ट सम्पन्न पछि नेपाल भारत व्यापार आवज जावत र सहज भन्सार व्यवस्थापन आधुनिक हुने अपेक्षा गरिएको भए पनि आइसीपी रेलवेय कनेक्टीभिटको पहल हुन नसकेको बताइन् ।

‘बेलहयासँग रेलवेय कनेक्टीभिटीले मालसामान ढुवानी सहज, छिटो र कम खर्चिलो बनाउने छ भने नेपालको उद्योग, व्यवसाय र पर्यटन क्षेत्रलाई पनि प्रत्यक्ष लाभ पुग्ने छ साथै भैरहवा नाका हुदै हुने अन्तराष्ट्रिय व्यापारलाई पनि थप व्यस्थित र प्रतिस्पर्धी बनाउनु छ,’ उनले भनिन्,‘ ट्रक मार्फत् सामान ल्याउदा ढुवानी समय बढी लाग्ने बाटोमा क्षति हुने जोखिम ट्रक भाडा तथा इन्धन खर्च महँगो परिरहेको छ । रेलवेय कनेक्सन हुने हो भने ठूलो परिणामाको सामान एकैचोटि ल्याउन सकिन्छ भने ट्रान्जित समय छोटा हुन्छ । ढुवानी खर्च कम लाग्छ र जोखिम कम हुन्छ ।’

सांसद अग्रवालले विरगञ्ज रेलवेय कनेक्सन पछि व्यवापारका लागि सहज भएको बताइन् । ‘विरगञ्ज रेलवेय कनेक्सन पछि आयात निर्यातमा हुने ढुवानी लागत र समय दुवैमा कमी आएको छ जसले गर्दा विरगञ्ज नाका नेपालको सबैभन्दा ठूलो व्यापारिक नाकाको रुपमा अझ सशक्त बनेको छ ,’ उनले भनिन्,‘ नेपालको कुल आयातको झण्डै आधा हिस्सा यो नाकाबाट हुने गरेको भन्सार विभागको तथ्यांक रहेको छ । यसैले पनि मुलुकको दोस्रो ठूलो भन्सार रुपन्देहीको बेलहया नाका रेलवेय कनेन्कसन जोड्न जरुरी छ ।’

Leave Your Comment

Related News