CLI

नेप्सेसँगै बढ्यो कारोबार रकम

काठमाडौं । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १६.३८ अंकले बढेको छ । बजार २७५८.४९ विन्दुमा पुगेरा बन्द भएको छ । ३३६ वटा कम्पनीको ५४ हजार ३३३ पटक्को कारोबार १ करोड  ८ लाख ४७ हजार ६५३ कित्ता सेयर कारोबार भएको छ ।

कारोबार रकम भने ४ अर्ब ४८ करोड २४ लाख रुपैयाँ पुगेको छ ।कारोबार रकम विहीबारको तुलनामा बढेको छ । विहीबार कारोबार रकम ३ अर्ब ८९ करोड ८४ लाख रुपैयाँ थियो  ।

सेन्सेटिभ इण्डेक्स २.४० अकं, फ्लोट इण्डेक्स १.२२ र सेन्सेटिभ फ्लोट डण्डेक्स ०.८८ अंकले बढेको छ  ।

यस दिन १२  उप समूह बढेका छन् भने १ उप समूह घटेको छ। बैंकिङ ८.८३ प्रतिशतले,विकास बैंक २३.२८, वित्त ६.८६, होटल्स तथा पर्यटन समूह ०.७५, जलविद्युत १.२९, लगानी ०.४३, जीवन बीमा ०.३४, उत्पादन र प्रशोधन ०.९५, लघुवित्त ०.१९, म्युअुचल फण्ड ०.०९ निर्जीवन बीमा ०.२८ र अन्य समूह ०.२७   प्रतिशतले बढेका छन्। व्यापार समूह ०.४२ प्रतिशतले घटेको छ ।

यस दिन क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य १४.८१ प्रतिशतले बढेको छ भने अन्य कम्पनीहरु १० प्रतिशतभन्दा कम रहेको छ।

Leave Your Comment

Related News