RE
Global College

पश्चिम एसियाको अवस्था सुधारोन्मुख, नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयको दाबी

काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो अवस्था सुधारोन्मुख रहेको जनाएको छ। शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयले क्षेत्रीय तनाव कायम रहे पनि कूटनीतिक वार्ताको सम्भावना बलियो बन्दै गएको उल्लेख गरेको हो।

मन्त्रालयका अनुसार शान्ति स्थापना, स्ट्रेट अफ हर्मुजको अवरोध खुलाउने तथा आपूर्ति शृङ्खला सहज बनाउने विषयमा अन्तर्राष्ट्रिय प्रयास जारी छन्। अवरोध हटेसँगै प्रभावित आपूर्ति प्रणाली र बढेको बजार मूल्य क्रमशः सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले पश्चिम एसियामा रहेका नेपालीहरूको अवस्था सामान्य रहेको र उनीहरूको सुरक्षा तथा हितप्रति सरकार निरन्तर सजग रहेको जनाएको छ। हालसम्म मन्त्रालयको इमर्जेन्सी कन्ट्रोल रुममा ३३० भन्दा बढी सम्पर्क प्राप्त भएको तथा अनलाइन प्रणालीमार्फत ८७ हजार ८ सय ६३ नेपालीले विवरण दर्ता गराएको जानकारी दिइएको छ।

इरानमा रहेका १० नेपाली सुरक्षित रहेको र उनीहरू दोहास्थित नेपाली नियोगको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

 

NECO

Leave Your Comment

Related News