RE
Global College

बैंक कर्मचारीलाई जबर्जस्ती अतिरिक्त समय काम गर्न बाध्य पार्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा खटाउँदा प्रचलित कानुनअनुसार अतिरिक्त परिश्रमिक (ओभरटाइम) उपलब्ध गराउन निर्देशन दिएको छ। साथै, कुनै पनि कर्मचारीलाई जबर्जस्ती अतिरिक्त समय काम गर्न बाध्य पार्न नपाइने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा साक्षर नभएका सेवाग्राहीलाई विशेष प्राथमिकताका साथ बैंकिङ सेवा उपलब्ध गराउन पनि निर्देशन दिएको छ। यसका लागि विशेष काउण्टर सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।

निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले आपसी सहकार्यमा प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्गमैत्री बनाउनुपर्नेछ। साथै, ब्रेल साइन कन्ट्रोल बटन र अडियो सपोर्टसहित कम्तीमा एक अपाङ्गमैत्री एटिएम सञ्चालन गरी त्यसको विवरण वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ।

NECO

Leave Your Comment

Related News