CLI

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, उद्योग मन्त्री यादवद्वारा स्थलगत निरीक्षण

काठमाडौं । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा उद्योगलाई सरकारले पुनः सञ्चालनमा ल्याउने तयारी तीव्र गरेको छ ।

यसै सिलसिलामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले हेटौँडा औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण गरेको मन्त्री यादवको सचिवालयले जनाएको छ ।

निरीक्षणका क्रममा मन्त्री यादवले उद्योगको वर्तमान अवस्था, मेसिनरीहरूको स्थिति र पुनः सञ्चालनका सम्भावनाबारे विस्तृत जानकारी लिएकी छिन् ।

सो अवसरमा उद्योग सञ्चालनको प्रक्रियालाई कसरी द्रुत गतिमा अगाडि बढाउन सकिन्छ भन्ने विषयमा सरोकारवालाहरूसँग छलफल समेत गरिएको मन्त्री यादवको सचिवालयले जनाएको छ ।

उनले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मा प्रस्तावित मयुरधाप औद्योगिक क्षेत्रको जग्गा सम्बन्धी विवादलाई तत्काल सुल्झाएर निर्माण कार्य अगाडि बढाइने समेत बताएकी छिन् ।

मन्त्री यादवले मयुरधाप औद्योगिक क्षेत्रको स्थलगत अवलोकन तथा निरीक्षण गर्दै उक्त प्रतिबद्धता जनाएकी हुन् ।

लामो समयदेखि चर्चामा रहे पनि मयुरधाप औद्योगिक क्षेत्रको जग्गा हालसम्म खाली नै रहेको छ। उक्त औद्योगिक क्षेत्रको जग्गा मध्यवर्ती वन क्षेत्र भित्र परेका कारण कानुनी र व्यावहारिक अड्चन उत्पन्न भई हालसम्म कुनै पनि भौतिक वा प्रशासनिक कदम अगाडि बढाउन सकिएको थिएन।

Leave Your Comment

Related News