RE
Global College

२७.८५ अंकले बढ्यो नेप्से, करिब ६ अर्बको कारोबार

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७.८५ अंकले बढेको छ । बजार २७८६.३५ विन्दुमा पुगेर बन्द भएको छ । ३४२ वटा कम्पनीको ७५ हजार ८६५ पटक्को कारोबार १ करोड ४५ लाख ४० हजार ००२ कित्ता सेयर कारोबार भएको छ ।

कारोबार रकम भने ५ अर्ब ९८ करोड ६४ लाख रुपैयाँ पुगेको छ । शुक्रबारको तुलनाम कारोबार रकम १ खर्ब ५० करोड ४० लाख रुपैयाँले बढी हो । शुक्रबार कारोबार रकम ४ अर्ब ४८ करोड २४ लाख रुपैयाँ थियो ।

सेन्सेटिभ इण्डेक्स ३.८५ अकं, फ्लोट इण्डेक्स १.८३ र सेन्सेटिभ फ्लोट डण्डेक्स १.२९ अंकले बढेको छ  ।

यस दिन १२  उप समूह बढेका छन् भने १ उप समूह घटेको छ। बैंकिङ ०.८५ प्रतिशतले,विकास बैंक ०.६९, वित्त ०.५७, होटल्स तथा पर्यटन समूह १.०२, जलविद्युत १.५०, लगानी ०.७४, जीवन बीमा ०.६४, उत्पादन र प्रशोधन १.३५, लघुवित्त ०.९९,निर्जीवन बीमा ०.९५ , अन्य समूह १.२३ र   व्यापार समूह ०.३२ प्रतिशतले बढेका छन्।  म्युअुचल फण्ड ०.२० प्रतिशतले घटेको छ ।

यस दिन थ्रीस्टार हाइड्रोपावरको सेयरमूल्य  ९.०१ प्रतिशत बढेको छ। त्यस्तै,  सुपर खुदी हाइड्रोपावरको सेयरमूल्य ८.३२ प्रतिशत बढेको छ भने अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र माया खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी पहिलो  स्थानमा रहेको छ। सो कम्पनीको ६० करोड २० लाख १४ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ।

त्यस्तै, रिडी पावर कम्पनीको ३० करोड १७ लाख ५७ हजार रुपैयाँको सेयर कारोबार भएको छ भने अपि पावर कम्पनीको कारोबार रकम १८ करोड रुपैयाँ नाघेको छ।

NECO

Leave Your Comment

Related News