CLI

धानको न्यूनतम समर्थन मूल्य निर्धारण, यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आव ८३/८४ मा बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य मोटो धानको ३६६० रुपैयाँ प्रति क्विन्टल र मध्यम धानको ३८६० रुपैयाँ प्रतिक्विन्टल तोक्ने निर्ण गरेको हो ।

यस्ता छन् निर्णय

नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे-केरुङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्र पत्र स्वीकृत गर्ने ।

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्ति गर्ने ।

Leave Your Comment

Related News