CLI

स्वास्थ्य मन्त्रालय अन्तर्गत बिभिन्न बोर्ड, प्रतिष्ठान, परिषद् र अस्पतालका अध्यक्ष सदस्य र निर्देशकको लागि आवेदन माग

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न ९ वटा सरकारी स्वास्थ्य निकाय, परिषद् तथा अस्पतालहरूमा रिक्त रहेका पदाधिकारी पदका लागि आवेदन माग  गरेको छ। मन्त्रालयले आज एक सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट आवेदन माग गरेको हो।

सुचनामा उल्लेख भएअनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद् अध्यक्ष, सदस्य र रजिस्ट्रार, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् अध्यक्ष, सदस्य र सदस्य सचिव, नेपाल नर्सिङ परिषद्अध्यक्ष, उपाध्यक्ष, सदस्य, रजिस्ट्रार, नेपाल स्वास्थ्य व्यवसायी परिषद् अध्यक्ष र रजिस्ट्रार,नेपाल फार्मेसी परिषद् अध्यक्ष, सदस्य र रजिस्ट्रार, नेपाल मेडिकल काउन्सिलअध्यक्ष, सदस्य र रजिस्ट्रार, बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालसदस्य, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रकार्यकारी निर्देशक, सदस्यस्वास्थ्य बीमा बोर्डअध्यक्ष, सदस्य र कार्यकारी निर्देशकको लागि आवेदन माग गरेको हो

सुचना मा उल्लेक भइए अनुसार सम्बन्धित ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र सिंहदरबारस्थित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा आवेदन पेश गरिसक्नुपर्नेछ। आवेदन दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्टसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

Leave Your Comment

Related News