काठमाडौं । नेपाल सरकारबाट समस्याग्रस्त घोषित गोर्खा सेभिग्ङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड’ का ७७७ जना ऋणीहरुको नामावली सार्वजनिक गरिएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २०८३ वैशाख २३ गतेको निर्णयानुसार यो नामावली सार्वजनिक गरेको हो।
साथै, समितिमा उपलब्ध ऋणीहरुको विवरणका आधारमा यो नामावली सार्वजनिक गरिएको हुनाले साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका ऋणीहरुलाई स-प्रमाण उपस्थित हुन अनुरोध गरिएको छ।


