काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि नयाँ र झन्झटमुक्त ‘सब्स्क्रिप्सन–बेस्ड’ मोडेल अन्तर्गत विभिन्न प्याकेजहरू सञ्चालनमा ल्याएको छ। यस नयाँ व्यवस्था अनुसार ग्राहकहरूले हरेक महिना एउटै प्याकेज दोहोर्याएर एक्टिभ (Subscribe) गरिरहनु पर्ने बाध्यता रहने छैन ।
टेलिकमले सार्वजनिक गरेको यो सेवा एकपटक सक्रिय (सब्स्क्राइब) गरिसकेपछि, अर्को पटकदेखि ग्राहकको मोबाइल ब्यालेन्स रकमको आधारमा प्रत्येक महिना सो प्याकेज स्वतः नवीकरण हुने टेलिकमले जनाएको छ।
टेलिकमले यो आखलका योजना अन्तर्गत ३० दिनको समयावधि रहने गरी तीन प्रकारका आकर्षक प्याकेजहरू बजारमा ल्याएको छ ।
१. नमस्ते रिकरिङ २९९
मूल्य: रु. २९९/-
भ्वाइस: ३०० मिनेट (सबै नेटवर्कमा कल गर्न मिल्ने अल-नेट भ्वाइस)
डाटा: ४ जीबी (जुनसुकै समयमा प्रयोग गर्न मिल्ने) र २ जीबी नाइट डाटा (राति ११ बजेदेखि बिहान ६ बजेसम्म)
एसएमएस: २० वटा अन-नेट एसएमएस (कम्पनीकै नेटवर्कभित्र मात्र)
२. नमस्ते रिकरिङ ४९९ (Namaste Recurring 499)
मूल्य: रु. ४९९/-
भ्वाइस: ५०० मिनेट अल-नेट भ्वाइस कल
डाटा: ८ जीबी (जुनसुकै समयमा प्रयोग गर्न मिल्ने) र ४ जीबी नाइट डाटा (राति ११ बजेदेखि बिहान ६ बजेसम्म)
एसएमएस: १०० वटा अल-नेट एसएमएस (सबै नेटवर्कमा पठाउन मिल्ने)
३. नमस्ते रिकरिङ ७९९
मूल्य: रु. ७९९\-
भ्वाइस: सबै नेटवर्कमा असीमित कल गर्न मिल्ने सुविधा
डाटा: प्रतिदिन १० जीबी (मासिक जम्मा ३०० जीबी) डाटा
एसएमएस: ३०० वटा अल-नेट एसएमएस
आवश्यकता अनुसार थप्न सकिने ‘ऐड-अन’ प्याकेज
यो सब्स्क्रिप्सन प्याकेज लिने ग्राहकहरूलाई थप डाटा आवश्यक परेमा विशेष ‘ऐड-अन प्याक’ को समेत व्यवस्था गरिएको छ, जसको विवरण यस प्रकार छ:
| मूल्य (रु.) | समयावधि | डाटा भोल्युम |
| रु. ३०/- | १ दिन | १ जीबी |
| रु. ५०/- | ३ दिन | २ जीबी |
| रु. ९९/- | ७ दिन | ४ जीबी |
सेवा कसरी सुचारु गर्ने?
नेपाल टेलिकमका सेवाग्राहीहरूले आफ्नो मोबाइलबाट *१४१५#डायल गरी त्यहाँ दिइएको निर्देशन पालना गरेर सहजै यो रिकरिङ प्याकेज खरिद र सुचारु गर्न सक्नेछन्। उपभोक्ताको सहजता र समयको बचतलाई ध्यानमा राख्दै टेलिकमले यो नयाँ डिजिटल र अटो-रिन्युवल फिचर उपलब्ध गराएको हो।


