काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी विशेष अदालतको सफाइपछि कार्यालय फर्किएकी छन् ।नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रियामा अनियमितता भएको दाबी गर्दै पहाडी मािथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गरेसँग निलम्बनमा परेकी थिइन् ।
असार २५ को फैसलामा विशेष अदालतले यस प्रकरणमा कुनै बदनियत नदेखिएको ठहर गरेको थियो । न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले सबै १८ जना प्रतिवादीलाई सफाइ दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमको बिलिङ प्रणाली खरिद र मर्मत प्रक्रियामा अनियमितता भएको दाबीसहित २०८२ जेठ २५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यस मुद्दामा ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ बराबरको बिगो दाबी गरिएको थियो ।
अख्तियारको दाबीमा प्रतिस्पर्धाबिना ३ अर्ब १५ करोड रुपैयाँको ठेक्का सम्झौतामा अनियमितता देखिएको हो । टेलिकममा बिलिङ प्रणालीको सेवा उपलब्ध गराइरहेको थियो । टेलिकम सञ्चालक समितिले २४ पुस २०७९ मा एसिया इन्फो कम्पनीसँग चार बर्षका लागि मर्मतसम्भार सम्झौता गरेको थियो । त्यतिबेला एसिया इन्फो नामक कम्पनीले बार्षिक ६५ करोड रुपैयाँका दरले पाँच बर्ढासम्म ३ अर्ब रुपैयाँ बढी भुक्तानी पाउने अवस्था थियो ।
सरकारले २०८१ भदौ २१ गते टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको थियो ।


