काठमाडौं । जनकपुरबाट मधेश-काठमाडौँ पैदल यात्रमा निश्केका मीटरब्याज पीडितसँग गृहमन्त्री सुधन गुरुङले बार्ता गरि ६ बुँदे मागपत्र बुझेका छन् ।
६ दिनदेखी पैदलयात्रामा निस्किएका मीटरब्याज पीडितलाई भेट्न बाराको निजगढ पुगेका गृहमन्त्री गुरुङ्गसमक्ष पीडितहरूले मागपत्र पेश गरेका हुन् ।
मिटरब्याज पिडितले गृह मन्त्री समक्ष ६ बुँदे माग पत्र बुझाएका हुन् । तेस्रोपटक हिँडेर काठमाडौं आउँदै गरेका मीटरब्याज पीडितहरूले सरकारसँग फर्जी लिखत खारेज, मीटरब्याजविरुद्ध शक्तिशाली विशेष ऐन निर्माण, मीटरब्याजविरुद्ध न्यायाधिकरण गठन, सुदखोरको सम्पत्ति छानबिन, पीडितको सम्पत्ति फिर्ता र न्यायपूर्ण आर्थिक कारोबार सुनिश्चितताको माग राखेका छन् ।
मिटरब्याज पिडितका संयोजकले दिएको जानकारी अनुसार उनीहरुले सरकार समक्ष राखेका माघ प्रधानमनत्रीको धारणा आए पश्चात प्रधानमन्त्रीको तर्फबाट पुन बार्ता हुने संघर्ष सतितिक संयोजक मनोज पासवानले इक्विटी नेपाललाई जानकारी दिएका छन् ।


