CLI

ड्राइभिङ लाइसेन्सको राजस्व अनलाइनबाटै तिर्न मिल्ने

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को राजस्व अब अनलाइनबाटै तिर्न सकिने भएको छ। यातायात व्यवस्था विभागले २०८३   साउन १ गत शुक्रबारदेखि लागू हुने गरी लाइसेन्ससम्बन्धी अनलाइन प्रणालीमा डिजिटल भुक्तानीको सुविधा थप गरेको हो।

यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाका अनुसार राजस्व तिर्न सेवाग्राही घण्टौँसम्म लाइन बस्नुपर्ने बाध्यता अन्त्य गर्न यो प्रणाली विकास गरिएको हो। “लाइसेन्स लिन चाहने नयाँ सेवाग्राही तथा नवीकरण गर्ने दुवैले शुक्रबारदेखि अनलाइन प्रणालीमार्फत नै राजस्व भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएका छौँ,” उनले इक्विटी नेपालसँग भने।

साथै, निर्देशक खतिवडाले हालसम्म छाप्न बाँकी  रहेका सबै ड्राइभिङ लाइसेन्स प्रिन्ट भइसकेको जानकारी समेत दिएका छन्।

Leave Your Comment

Related News