CLI

कामना सेवा विकास बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा उल्लेख्य सुधार देखिएको हो ।

आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अवधिमा बैंकले ८९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.५१ प्रतिशतले धेरै हो । बैंकले अघिल्लो आर्थिक वर्षको अन्तिमसम्मको अवधिमा ६६ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको व्यवसाय विस्तार र इम्पेरमेन्ट चार्जमामा आएको गिरावटले नाफा वृद्धिमा सहयोग पुगेको देखिएको छ । समीक्षा अवधिमा खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष २ अर्ब ३१ करोड रुपैयाँ रहेकोमा बैंकको खुद ब्याज आम्दानी, गत वर्ष वृद्धि भई २ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । कुल सञ्चालन आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष २ अर्ब ७० करोड रुपैयाँ रहेको यस्तो नाफा गत वर्ष २ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । सञ्चालन नाफाः बैंकको सञ्चालन नाफा पनि १ अर्ब ४ करोड रुपैयाँबाट बढेर १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।
बैंकको नाफा र वित्तीय अवस्था मजबुत देखिए पनि निष्क्रिय कर्जा भने केही बढेको छ । अघिल्लो वर्ष ३.४९ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा ३.७७ प्रतिशत पुगेको छ । गत वर्षमा बैंकको वितरणयोग्य मुनाफा ६० करोड ११ लाख रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १५.१६ प्रतिशत रहेको छ ।

चुक्ता पुँजी ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब १४ करोड १३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड रुपैयाँ र जगेडा कोषमा १ अर्ब ८३ करोड ९० लाख रुपैयाँ थियो । समीक्षा वर्षमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २०.७५ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षमा बैंकको ईपीएस १९.०८ रुपैयाँ थियो । बैंकको मूल्य आम्दानी अनुपात २०.८४ गुणा र प्रतिसेयर नेटवर्थ १७१.०१ रुपैयाँ रहेको छ ।

Leave Your Comment

Related News