काठमाडौं । चौथो त्रैमासको पहिलो वित्तीय विवरण सार्वजनिक गर्न कामना सेवा विकास बैंकको आर्थिक वर्ष २०८२/०८३ मा नाफा बढेको छ। विवरण अनुसार कम्पनीको नाफा आर्थिक वर्ष २०८१/०८२ को तुलनामा ३३.५१ प्रतिशतले बढेको छ ।
बैंकले गत आवमा ८९ करोड ४१ लाख ७८ हजार १२६ रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो आवको तुलनामा बैंकले २२ करोड ४४ लाख २६ हजार ८०३ रुपैयाँ बढी नाफा कमाएको छ। अघिल्लो आवमा बैंकले ६६ करोड ९७ लाख ५१ हजार ३२३ रुपैयाँ नाफा कमाएको थियो।
बैंकको ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेका कारण नाफा वृद्धि भएको देखिन्छ।
यस अवधिमा बैंकले ब्याज आम्दानीमा ३९.८१ प्रतिशतले सुधार ल्याएको छ। बैंकले गत आवमा २ अर्ब ४१ करोड ८ लाख २ हजार १४ रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो आवमा बैंकको उक्त आम्दानी २ अर्ब ३१ करोड ८४ लाख ९४ हजार १६५ रुपैयाँ थियो।
त्यस्तै, बैंकको सञ्चालन आम्दानी पनि बढेको छ। अघिल्लो वर्ष २ अर्ब ७० करोड रुपैयाँ रहेकोमा गत वर्ष २ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। उक्त आम्दानी एक वर्षमा १३ करोड ८२ लाख ४७ हजार १९५ रुपैयाँले बढेको छ। बैंकको सञ्चालन नाफा पनि १ अर्ब ४ करोड रुपैयाँबाट बढेर १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।
बैंकको चुक्ता पूँजी ३ अर्ब ५१ करोड ८ लाख ४६ हजार १९५ रुपैयाँबाट बढेर ४ अर्ब २१ करोड १९ लाख ३० हजार ८१५ रुपैयाँ पुगेको छ। जगेडा कोषमा भने २ अर्ब १४ करोड १३ लाख १० हजार ४१६ रुपैयाँ रहेको छ।
बैंकको प्रतिसेयर आम्दानी १९.०८ रुपैयाँबाट बढेर २२.७५ रुपैयाँ कायम भएको छ। प्रतिसेयर नेटवर्थ पनि १६८.१३ रुपैयाँबाट बढेर १७१.०१ रुपैयाँ कायम भएको छ।
बैंकको समग्र वित्तीय अवस्था मजबुत देखिए पनि खराब कर्जा भने केही बढेको छ। अघिल्लो वर्ष ३.४९ प्रतिशत रहेको निष्क्रिय कर्जा समीक्षा वर्षको अन्त्यसम्म आइपुग्दा ३.७७ प्रतिशत पुगेको छ। मुलुकको अर्थतन्त्रमा आएको शिथिलताका कारण कर्जा असुलीमा केही समस्या परेको बैंकको व्यवस्थापकीय विश्लेषणमा उल्लेख छ।



