काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य १ हजार ९ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा खरिदबीक्र भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ८२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज, चाँदी पनि २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार २०० रुपैयाँ थियो


