CLI

फर्स्ट माइक्रोफाइनान्सको नाफा ७३ प्रतिशत बढ्यो

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले  आर्थिक वर्ष २०८२\०८३ को तेस्रो त्रैमासम्मको वित्ती विवरण सावर्जनक गरेको छ । विवरण अनुसार कम्पनिको नाफा आर्थिक वर्ष २०८१/०८२ को तुलनामा नाफा  बढेको छ । लघुवित्त नाफा ७३.६३ प्रतोशतले बढेको छ ।

लघुवित्तले २०८२/८३ मा १९ करोड ७ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो वर्षको तुलनामा प्रतिशत ७३.६३ धेरै हो । अघिल्लो वर्ष कम्पनीले १० करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

सञ्चालन आम्दानी २२ करोड ६२ लाखबाट बढेर ३४ करोड ७९ लाख रुपैयाँ पुगेको छ । जसले गर्दा नाफामा सुधार आएको हो । संस्थाको खुद ब्याज आम्दानी २१ करोड १६ लाखबाट बढेर २२ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

१ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३४ करोड ८१ लाख रुपैयाँ जम्मा छ । रिटेन्ड अर्निङ १५ करोड २६ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी १४.१८ रुपैयाँ कायम भएको छ । एनपीएल २.८८ प्रतिशत छ । अघिल्लो वर्ष एनपीएल ३.८४ प्रतिशत थियो । यस संस्थाको प्रतिसेयर नेटवर्थ १३७.२६ रुपैयाँ छ । लाभांश क्षमता १०.१३ प्रतिशत रहेको वित्तीय विवरणमा देखिएको छ ।

Leave Your Comment

Related News