काठमाडौं । कांग्रेस नेता राहुल गान्धीले सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई देशको इतिहासकै “सबैभन्दा युवाविरोधी” प्रधानमन्त्रीको रूपमा चित्रित गर्दै सरकारले युवाहरूलाई असफल मात्र नबनाई उनीहरूमाथि जाइलागेको आरोप लगाएका छन्।
मनसुन सत्रको पहिलो दिन प्रश्नपत्र लिक को विरोध गर्दै संसद्तर्फ अघि बढेका ककरोच जनता पार्टी का हजारौँ समर्थकहरूले ब्यारिकेड तोड्ने प्रयास गरेपछि संसद् मार्ग नजिकै सुरक्षा निकायले लाठीचार्ज गरेको थियो। गान्धीको यो टिप्पणी सोही घटनापछि आएको हो।
विद्यार्थीहरूसहित सिजपका समर्थकहरू संसद्तर्फ अघि बढ्दै गर्दा प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गर्दै अश्रुग्याँस र लाठीचार्ज प्रयोग गरेको थियो।
“प्रधानमन्त्री मोदी भारतको इतिहासमै ‘सबैभन्दा युवाविरोधी प्रधानमन्त्री’ हुन्— उनी यतिसम्म ‘युवाविरोधी’ छन् कि असफल शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा समेत लिन सक्दैनन्।
“१५२ वटा प्रश्नपत्र लिक भए। ७.५ करोड विद्यार्थीहरू पीडित बने। र, एक जना पनि दोषीले सजाय पाएनन्। सजाय कसले पाए? मेहेनती युवाहरूले,” उनले ‘X’ मा लेखेको एक पोस्टमा भनेका छन्।


