RE
Global College

सम्पदा लघुवित्तको संस्थापक सेयर सर्वसाधारणकालागि बिक्रीमा

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले साढे ९ हजार भन्दा बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आम सर्वसाधारणले समेत किन्न पाउने गरि ९ हजार ६५४ कित्ता सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै किन्न पाउने गरि ३५ दिनको सूचना जारी गरेको थियो । उक्त समयमा सेयर किन्नका लागि संस्थापक सेयरधनीबाट आवेदन नआएको अवस्थामा अब सबैले किन्न पाउने गरि बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । अब भने उक्त सेयर खरिद गर्न चाहाने व्यक्ति वा संस्थाले १५ दिन भित्र आवेदन दिनु पर्ने छ ।

सेयर किन्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजात संलग्न गरी यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय गैंडाकोट–५, नवलपरासी (बर्दघाट सुस्ता पर्व) मा खरिद गर्न चाहेको सेयर संख्याको ब्यहोरा खुलाई निवेदन दिनु पर्ने छ ।

NECO

Leave Your Comment

Related News