काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला १ हाजर रुपैयाँले बढेको छ । बजारमा सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँ थियो ।
आज चाँदी पनि ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँ थियो ।


