CLI

खुद ब्याज आम्दानी घटे पनि आरएसडिसी लघुवित्तको नाफामा ३५.७६ प्रतिशतको सुधार

काठमाडौं । आरएसडिसी  लघुवित्त संस्थाले आर्थिक वर्ष २०८२/०८३ को त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा आर्थिक वर्ष २०८१/०८२ को तुलनामा ३५.७६ प्रतिशतले बढेको छ।

लघुवित्तले आव २०८२/०८३ मा १३ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो आवको तुलनामा ३५.७६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले १० करोड १८ लाख २३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

विवरण अनुसार लघुवित्तको खुद ब्याज आम्दानी घटे पनि खुद नाफा भने बढेको छ। अघिल्लो आर्थिक वर्ष २२ करोड ३६ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी समीक्षा अवधिमा घटेर १९ करोड १५ लाख रुपैयाँमा झरेको छ। खुद ब्याज आम्दानी घटे पनि सञ्चालन आम्दानी बढेकाले नाफामा सुधार आएको हो। सञ्चालन आम्दानी २० करोड २० लाख ४४ हजार रुपैयाँबाट बढेर २५ करोड २७ लाख ५८ हजार रुपैयाँ पुगेको छ।

त्यस्तै, लघुवित्तको प्रतिशेयर आम्दानी  . ७.९८ बाट बढेर  ११.०४ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ पनि  १२५.९५ बाट बढेर .१३१.०७ रुपैयाँँ पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको निष्क्रिय कर्जा  ३.३४ प्रतिशतबाट बढेर ३.९२ प्रतिशत पुगेको छ।

लघुवित्तको चुक्ता पूँजी १ अर्ब ३ करोड ८ लाख ४६ हजार १९५ रुपैयाँ रहेको छ भने जगेडा कोषमा २० करोड ७१ लाख ३६ हजार रुपैयाँ सञ्चित छ।

Leave Your Comment

Related News