काठमाडौं । लियोनेल मेस्सी, जसले आइतबार अर्जेन्टिना स्पेनसँग १-० ले पराजित भएपछि आँसु झार्दै विश्वकप फाइनल छाडेका थिए, उनले सोमबार आफ्नो इन्स्टाग्राम खातामा स्पेनिश भाषामा यो हारबारे पहिलो प्रतिक्रिया पोस्ट गरे।
अनले भने, “पीडा गहिरो छ, र यो चोट निको हुन गाह्रो हुनेछ। तर म ती राम्रा पक्षहरूलाई पनि सम्झिरहनेछु… हामीले आफ्नो सबै थोक दिएर पुनरागमन गरेका खेलहरू, हाम्रा सम्झनामा सधैँभरि रहिरहने क्षणहरू, र एउटा सम्पूर्ण देशको समर्थन,जसले यस टोलीको कडा मिहिनेत र प्रयाससँग मिलेर हामीलाई पुनः एकपटक विश्वका उत्कृष्ट टोलीहरूमध्येको एक बनायो।
अहिले नै हाम्रा उपलब्धिहरूको पूर्ण मूल्यांकन गर्न गाह्रो छ, तर यो टोली लगातार दुईवटा विश्वकपको फाइनलसम्म पुग्यो।
प्रत्येक शुभकामना र सन्देशका लागि हृदयको तल्लो तहदेखि नै धन्यवाद। पुनः एकपटक, हामी एउटा देशका रूपमा एकजुट हुन र अर्जेन्टिनी हुनुमा अपार गर्व महसुस गर्दै सँगै उभिन सफल भयौँ।
म स्पेनलाई पनि च्याम्पियन बनेकोमा बधाई दिन चाहन्छु।”


