CLI

सिटिजन लाइफमा ४ जना सञ्चालकको पदावधि थपियो, अध्यक्षमा पाण्डेको निरन्तरता

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्समा ४ जना सञ्चालकको पदावधि थपिएको छ।

कम्पनी सञ्चालक समितिको बैठकले ४ जना सञ्चालकको पदावधि थप्ने निर्णय गरेको हो। जसअनुसार सञ्चालक प्रदीपजंग पाण्डे, समितकुमार अग्रवाल, मनोज कार्की र महेश्वर स्वार पदावधि थपिएको छ।

यी ४ जना सञ्चालकको पदावधि यही साउन ६ गतेबाट सकिँदैछ। तर, साधारणसभा सम्पन्न गर्न समय लाग्ने भएकोले आगामी साधारणसभासम्मका लागि ती सञ्चालकको पदावधि थप्ने निर्णय सञ्चालक समितिले गरेको हो।

यसैगरी कम्पनी सञ्चालक समितिको अध्यक्षमा प्रदीपजंग पाण्डेलाई नै निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ। यसका साथै थप गरेको पदावधि आगामी साधारणसभाबाट अनुमोदन गर्ने निर्णय पनि सञ्चालक समितिले गरेको छ।

Leave Your Comment

Related News