CLI

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

काठमाडौं । विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ  । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ । बजारमा सुन प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।बुधबार सुन प्रतितोला  २ लाख ९१ हजार  रुपैयाँ थियो ।

आज चाँदी पनि २५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ४८० रुपैयाँ थियो ।

Leave Your Comment

Related News