CLI

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघले विविध कार्यक्रम गरी मनायो ३७ औँ वार्षिकोत्सव

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७ औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमबीच सम्पन्न भएको छ । राष्ट्रिय वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनयरमण पौडेलले एक समारोहबीच ३७ औँ वार्षिकोत्सव मूल कार्यक्रमको उद्घाटन गरे ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष रबिन्द्रप्रसाद चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कर्मचारीहरूको तर्फबाट उचित ढङ्गले राखिएका सम्पूर्ण मागहरू व्यवस्थापनलाई सम्बोधन गर्न र सेवा प्रवाहलाई सरल र सहज बनाउन आम कर्मचारीलाई आह्वान गरे ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पवन रेग्मी, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ (बीआईएफ्यू) नेपालको राष्ट्रिय समितिका अध्यक्ष धर्मराज मैनाली, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका सल्लाहाकार समितिका सभापति तथा पूर्व अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेय, नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष सुदिन केसी, नेपाल राष्ट्रिय कर्मचारी संगठन राष्ट्रिय वाणिज्य बैंकका कार्यवाहक अध्यक्ष चुडामणि गुप्ताले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पेशागत हकहित, सस्थाको सम्बद्र्धन तथा सेवा प्रबाहलाई सहज र सरल बनाउने विषयमा ब्यापक रूपमा विषयहरू उठान गरिएको थियो ।

संघका विभिन्न प्रदेश समितिहरूमा समेत विविध कार्यक्रम गरी वार्षिकोत्सव कार्यक्रम मनाइएको छ ।

गत साउन १ गते आयोजित रक्तदान कार्यक्रममा ७० जना कर्मचारीहरूले रक्तदान गरे । स्वास्थ्य शिविर तथा आँखा कान चेपहप कार्यक्रममा ३०० जना कर्मचारीहरूले सेवा लिएका थिए ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक समितिलाई कार्यसम्पादन मुल्याङ्कनमा उष्कृष्ट भएबापत रनिङ शिल्ड प्रदान गरिएको थियो ।

वार्षिकोत्सवको अवसरमा संघले संस्थाको संवद्र्धन र पेशागत हकहितका लागि युनियनको भूमिका विषयमा कर्मचारीहरू बीचमा निबन्ध प्रतियोगिता आयोजना गरेको थियो ।

निबन्ध प्रतियोगितामा रमेश खड्का प्रथम, जानुका कुमारी न्यौपाने द्वितीय र लक्ष्मण पौडेल तृतीय भएका थिए । विजयी प्रतियोगीहरूलाई प्रमुख अतिथिबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कर्मचारी संघ नेपालका महासचिव ऋषिराम ज्ञवालीले संचालन गरेको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कबिराज बरालले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा संघका पूर्व अध्यक्षहरू, विभिन्न प्रतिष्ठानस्तरका ट्रेड यूनियनका अध्यक्षहरू, बैंकका प्रमुख कार्यकारी अधिकृतहरूनायब प्रमुख कार्यकारी अधिकृतहरू, उपकार्यकारी अधिकृतहरूहरू, विभागीय प्रमुखहरू, उप्रमुखहरू, शाखा प्रबन्धकहरू, संघका पदाधिकारीहरू लगायत कर्मचारीहरूको भव्य उपस्थिति रहेको थियो ।

संघको ३७ औँ वार्षिकोत्सव भब्यताको साथ सम्पन्न गर्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने संघको कार्यकारीणी समितिका सदस्य, केन्द्रीय समितिका सदस्य, लेखा समितिका संयोजक, सदस्य, प्रदेश समितिका पदाधिकारी सदस्य, संघका सदस्य र आम कर्मचारी संघको तर्फबाट सक्रियता र सहभागिताको लागि धन्यवादसमेत व्यक्त गरेको छ ।

Leave Your Comment

Related News