RE
Global College

शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई थुनामा राख्न अदालत आदेश

काठमाडौं । उच्च अदालत पाटनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। न्यायाधीश अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले प्रारम्भिक सुनुवाइपछि अनुसन्धान र मुद्दाको पुर्पक्षका लागि अग्रवाललाई थुनामा राख्ने आदेश जारी गरेको हो।

यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुर मुद्दामा प्रतिवादी रहेका अग्रवाललाई नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराएको थियो। थुनछेक बहसपछि अदालतले उनलाई कारागार पठाउने निर्णय गरेको हो।

अदालतको आदेशसँगै अग्रवाललाई अब पुर्पक्षका लागि कारागार चलान गर्ने प्रक्रिया अघि बढाइएको छ। उनीमाथि दर्ता भएको बैंकिङ कसुर मुद्दाको थप न्यायिक प्रक्रिया भने अदालतमा निरन्तर अघि बढ्नेछ।

NECO

Leave Your Comment

Related News