काठमाडौं । मकालु वाइन इन्डस्ट्रीज लिमिटेकको विशेष सभारणसभाको मिति घोषणा गरिएको छ । कम्पनीको सञ्चालक समितिको साउन ६ गते बसेको बैठकले साउन २३ गतेका लागि विशेष साधारणसभा बोलाएको हो ।
सभा सोल्टी वेस्टेण्ड इटहरीमा बिहान ११ बजे कस्ने छ । विशेष सधाराणसभामा जारी पुँजीको २० प्रतिशतले हुन आउने १०,००,००० कित्ता सेयर प्राथमिक सेयर सार्वजनिक (आईपीओ) निष्काशन गर्ने सम्बन्धी प्रस्ताव र जगेडा कोषमा रहेको संस्थापक सेयर प्रिमियम मूल्यमा जारी गर्ने प्रस्ताव पारित गर्ने छ ।


