CLI

रास्वपा सांसदको स्वकिय सचिवको लागि निर्देशन जारी समावेशीतालाइ प्राथमिकता दिनु पर्ने

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले संघीय संसद्का सदस्यहरूको पदीय जिम्मेवारी (कानून निर्माण, नीतिगत बहस तथा जनगुनासो सम्बोधन) लाई प्रभावकारी बनाउन भन्दै स्वकिय सचिव नियुक्तिको लागि मापदण्ड निर्धारण गरेको छ  । रास्वपाका महामन्त्री बिपिन आचार्यले दिएको जानकारी अनुसार स्वकीय सचिव नियुक्ति गर्दा पार्टीको विधान र सुशासनको मूल नीतिअनुरूप एकाघरका सदस्य वा नजिकका नातेदारहरूलाई पूर्ण रूपमा निषेध गरेको छ । नियुक्ति पारिवारिक र नातागोताको परिधिभन्दा बाहिरबाट मात्र हुनिपर्ने बताएको छ । यसका साथै स्किय सचिबमा नियुक्त हुने ब्यक्ति संघीय संसद् सचिवालयले तोकेको न्यूनतम शैक्षिक योग्यता (स्नातक तह वा सोसरह उत्तीर्ण) अनिवार्य रूपमा हासिल गरेको हुनुपर्नेछ।  सातै रास्वपाले सम्बन्धित क्षेत्रमा विज्ञता, प्रविधिमैत्री क्षमता, अनुसन्धान कौशल र पार्टीको मूल्य–मान्यताप्रति निष्ठावान् व्यक्तिलाई प्राथमिकता दिन भनेको छ ।

रास्वपाका सांसदको स्वकिय सचिव नियुक्त हुने ब्यक्ति योग्यता र क्षमता पुगेका उम्मेदवारहरूमध्ये महिला, सीमान्तकृत समुदाय र पछाडि पारिएका वर्गलाई प्राथमिकता दि न भनेको छ

जारी निद्शन अनुसार सांसदले स्वकीय सचिवका लागि योग्य उम्मेदवार छनोट गरेपश्चात् नियुक्तिका लागि रास्वपा संसदीय दलबाट अनिवार्य रूपमा अन्तिम स्वीकृति लिनुपर्नेछ।

पार्टीको सर्वाधिकार: स्वकीय सचिव नियुक्तिका सम्बन्धमा कुनै विवाद, उजुरी वा प्रश्न उत्पन्न भएमा सोको छानबिन गरी अन्तिम निर्णय गर्ने अधिकार पार्टीमा निहित हुने बताइएको छ ।

साथै रास्वपाका सांसदले स्वकिय सचिव बनाउदा ब्यवसायीक बिज्ञापनको ढाचामा बिज्ञापन गर्नु पर्नेछ

 

 

 

Leave Your Comment

Related News