RE
Global College

सीजीपीको विरोध प्रदर्शनका बीच सुरक्षाको कारण दिल्लीका १७ मेट्रो स्टेशन बन्द

काठमाडौं । जन्तर मन्तर नजिक चलिरहेको ककरोच जनता पार्टी (सीजीपी) को विरोध प्रदर्शनका कारण सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मध्य दिल्लीका १७ वटा मेट्रो स्टेशनहरू लगातार तेस्रो दिन शुक्रबार पनि बन्द गरिएका छन्।

दिल्ली मेट्रो रेल कर्पोरेसन (डीएमआरसी) का अनुसार लोक कल्याण मार्ग, राजीव चोक, पटेल चोक, रामकृष्ण आश्रम मार्ग, बाराखम्बा रोड, सुप्रिम कोर्ट, सेवा तीर्थ, जनपथ, मन्डी हाउस, सेन्ट्रल सेक्रेटरीएट, आईटीओ, दिल्ली गेट, इन्द्रप्रस्थ, खान मार्केट, जोर बाग, शिवाजी स्टेडियम र झण्डेवालान गरी १७ वटा स्टेशनहरू सुरक्षाको कारणले बिहान ७:३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहनेछन्।

यद्यपि, राजीव चोक, मन्डी हाउस र सेन्ट्रल सेक्रेटरीएट स्टेशनहरूमा मेट्रो फेर्ने (इन्टरचेञ्ज) सुविधा भने निरन्तर उपलब्ध रहने डीएमआरसीले जनाएको छ।

यी १७ वटा स्टेशनहरू बुधबार र बिहीबार पनि बन्द गरिएका थिए।

मेट्रो स्टेशनहरू बन्द हुँदा कार्यालय जाने कर्मचारी, विद्यार्थी तथा अन्य सर्वसाधारण यात्रुहरूले सास्ती भोग्नु परेको छ।

NECO

Leave Your Comment

Related News