काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ । बजारमा सुन प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।आइतबार सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ थियो ।
आज चाँदी पनि ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ४१० रुपैयाँ थियो ।


