RE
Global College

प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता

काठमाडौं । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन्। उनी भारतीय समकक्षी सूर्य कान्तको निमन्त्रणामा साउन ७ गते भारत प्रस्थान गरेका थिए।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार भ्रमणका क्रममा प्रधान न्यायाधीश डा. शर्माले समकक्षी कान्तसँग दुईपक्षीय भेटवार्ता गरी दुई देशबीच न्यायिक अनुभव तथा आदानप्रदानका विषयमा कुराकानी गरेका थिए। उनले भारतको सर्वोच्च अदालतको अवलोकन गर्नुका साथै न्यायसम्पादनसम्बन्धी जानकारी पनि लिएका थिए।

भ्रमण दलमा प्रधान न्यायाधीश डा. शर्माकी धर्मपत्नी उमा शर्मा र सहरजिस्ट्रार अमित उप्रेती सहभागी थिए।

NECO

Leave Your Comment

Related News