RE
Global College

देवानगञ्ज घटना दोहोरिन नदिन सबै पक्ष जिम्मेवार बन्यौं : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा भएको साम्प्रदायिक दङ्गालाई अत्यन्त गम्भीर र चिन्ताजनक घटना भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले उक्त घटनामा एक जना युवाको ज्यान जानुका साथै सुरक्षाकर्मीसहित २२ जना गम्भीर घाइते भएको घटनाप्रति गहिरो दुःख र चिन्ता व्यक्त गरेका हुन्।

भट्टराईले अहिलेको वैज्ञानिक युग, बदलिँदो भूराजनीतिक परिवेश तथा नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने क्रममा रहेका बेला यस्ता अवाञ्छित र हानिकारक घटना दोहोरिन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्।

उनले जेनजी विद्रोहपछि बनेको नवनिर्वाचित सरकार, सबै राजनीतिक दल तथा आम नागरिकले उच्च स्तरको विवेक, सहिष्णुता र संयम प्रदर्शन गर्नुपर्नेमा जोड दिएका छन्।

देशलाई कुनै पनि बहानामा अविकास र अस्थिरताको भुमरीमा फसाइराख्ने छुट कसैलाई नभएको उल्लेख गर्दै उनले आगामी दिन अझ चुनौतीपूर्ण हुन सक्ने चेतावनी दिएका छन्।

‘आगामी दिन अझै चुनौतीपूर्ण हुन सक्छन्। हामी कसैलाई पनि इतिहासले क्षमा गर्नेछैन,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्।

NECO

Leave Your Comment

Related News