CLI

मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत मुग्लिन नजिकै खहरे खोलामा मंगलबार दिउँसो सुक्खा पहिरो खस्दा सडक पुनः अवरुद्ध भएको छ।

सडक डिभिजन भरतपुरका अनुसार दिउँसो ३ बजेतिर पहिरो खसेपछि सवारी आवागमन पूर्णरूपमा अवरुद्ध बनेको हो ।

थप पहिरो नखसेमा सडकमा थुप्रिएको पहिरो हटाएर यातायात सञ्चालन गर्न करिब २ देखि ३ घण्टा लाग्ने अनुमान गरिएको छ।

सडक डिभिजनले उक्त सडकखण्ड प्रयोग गर्ने यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

Leave Your Comment

Related News