RE
Global College

कोशी ब्यारेज देखि महेन्द्र राजमार्ग आसपास अनिश्चितकालिन कर्फ्यू

काठमाडौं । सुनसरी जिल्लामा पर्ने महेन्द्र राजमार्ग आसपासका क्षेत्रमा अनिश्चितकालिन कर्फ्यू लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालका अनुसार महेन्द्र राजमार्गको देहायका चार किल्ला तथा इनरुवा बजार क्षेत्र सिमाना भित्र कसैले आवतजावत गर्न तथा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएको हो । अनिश्चितकालिन कर्फ्यू लगाए सँगै पूर्व  पकली चोकसम्म पश्चिम कोशी ब्यारेजको पुल उत्तर र दक्षिण महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रसम्म कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न पाइने छैन ।

प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार दिउँसो ३ बजेर ३० मिनेट देखि बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सुनसरी जिल्लामा पर्ने महेन्द्र राजमार्गको देहायका चार किल्ला तथा इनरुवा बजार क्षेत्र सिमाना भित्र कसैले आवतजावत गर्न तथा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएको व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि सूचित गरिन्छ , सूचनामा भनिएको छ ।

 

NECO

Leave Your Comment

Related News