CLI

सञ्चय कोषको पाँच उम्मेदवार अन्तिम चरणको प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि छनोट

काठमाडौं । कर्मचारी सञ्चय कोषको रिक्त प्रशासक पदका लागि पाँच जना उम्मेदवार अन्तिम चरणको प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि छनोट भएका छन्।

कर्मचारी सञ्चय कोषको प्रशासक छनोट तथा सिफारिस समितिको साउन १३ गते बसेको बैठकले शैक्षिक योग्यता, कार्य अनुभव तथा व्यवसायिक कार्ययोजनाको मूल्याङ्कनका आधारमा वर्णानुक्रम अनुसार पाँच जना उम्मेदवारलाई प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि छनोट गरेको हो।

छनोट हुनेमा जीवनकुमार कट्वाल, दामोदरप्रसाद सुवेदी, भरतराज वस्ती, विजयकुमार श्रेष्ठ र सागरकुमार सिंह रहेका छन्।

समितिले सार्वजनिक गरेको सूचनाअनुसार प्रस्तुतिकरण तथा अन्तर्वार्ता अर्थ मन्त्रालयमा साउन १८ र १९ गते सञ्चालन हुनेछ। जीवनकुमार कट्वालको अन्तर्वार्ता साउन १८ गते बिहान ७ बजे, दामोदरप्रसाद सुवेदीको बिहान ८ बजे, भरतराज वस्तीको साँझ ५ बजे र विजयकुमार श्रेष्ठको साँझ ६ बजे हुनेछ। यस्तै, सागरकुमार सिंहको प्रस्तुतिकरण तथा अन्तर्वार्ता साउन १९ गते बिहान ७ बजे तय गरिएको छ।

कर्मचारी सञ्चय कोषले यसअघि रिक्त प्रशासक पद खुला प्रतिस्पर्धाबाट पूर्ति गर्न आवेदन आह्वान गरेको थियो। सोही प्रक्रियाअन्तर्गत प्रारम्भिक मूल्याङ्कनपछि योग्य ठहरिएका उम्मेदवारलाई अन्तिम चरणका लागि बोलाइएको हो।

Leave Your Comment

Related News