RE
Global College

देशमा तनावपूर्ण अवस्था सिर्जना हुँदा सरकार बेखबरभयो : सांसद राई

काठमाडौं । प्रतिनिधिसभाका सांसद आरेन राईले देशका विभिन्न क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भइरहेका बेला सरकार प्रभावकारी रूपमा उपस्थित हुन नसकेको भन्दै आलोचना गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सुनसरीलगायतका जिल्लामा तनाव बढिरहेको उल्लेख गर्दै यस्तो अवस्थामा पनि सरकार बेखबरजस्तै देखिएको टिप्पणी गरे।

‘देशमा हिंसा हुने अवस्था छ। तर सरकार बेखबर छ। अब सरकार बाहिर निस्कनुपर्छ। दूरबिन लगाएर भित्रबाट सबै ठिक छ भनेर हेरेर हुँदैन,’ उनले भने, ‘सरकार बेखबर भयो भन्दैमा हामी मूर्ख हुनुहुँदैन।’

सांसद राईले पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्मका सबै नागरिकलाई संयमित हुन आग्रह गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए।

उनले प्रधानमन्त्री बालेन शाहले करिब दुई महिनाअघि दिएको सीमासम्बन्धी अभिव्यक्तिको प्रसंग पनि उठाउँदै उक्त अभिव्यक्तिलाई संसदको अभिलेखबाट हालसम्म हटाइएको नभएको भन्दै आपत्ति जनाए।

NECO

Leave Your Comment

Related News