काठमाडौं । सोमबार देखि घटेको सेयर बजार बिहीबारसम्म आइपुग्दा निरन्तर घटेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज , नेप्से ७.७९ अंकले घटेको नेप्से बिहीबार १६.२९ अंकले घटेर २६७२.५८ विन्दुमा पुगेर बन्द भएको हो ।
बिहीबार सेन्सेटिभ इन्डेक्स २.३१ अंकले घटेर ४६७.६९ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.९७ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.७७ अंकले घटेको हो ।
बिहीबार ३२२ वटा कम्पनीको ७५ लाख ४८ हजार ५९१ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ३ अर्ब ३८ करोड १३ लाख पुगेको छ । जुन बुधबारको तुलनामा ६४ करोड ८० लाखले कम हो । बुधबार ३४३ वटा कमपनीको ९७ लाख ७७ हजार ५१२ कित्ता शेयर खरिद बिक्री हुँदा करोबार रकम ४ अर्ब २ करोड ९३ लाख पुगेको थियो ।
यसदिन १३ वटा उपसमूह सबै घटेको छ । बैंकिङ ५ , विकास बैंक ६४, वित्त ३,होटल र पर्यटन १५, जलविद्युत ४५, लगानी ०.५४, जीवन बीमा ५२, उत्पादन र प्रशोधन ७२, लघुवित्त २२, म्युअुचल फण्ड ०.१५, निर्जीवन बीमा १८, व्यापार १४ र अन्य समूह १४ अंकले घटेको हो ।
यसदिन ५९ वटा कम्पनीको शेयर मूल्य बढ्दा २०६ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यसदिन सर्वाधिक कमाउने शेयरहरुमा एभरेष्ट कलरको १५ प्रतिशत, सेन्ट्रल फाइनान्स ३ प्रतिशत र शुवम पावर २ प्रतिशतले बढ्दा कालिन्चोक हाइड्रोपावर १५ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटडको १२ प्रतिशत र सोलु हाइड्रोपावरको ४ प्रतिशतले शेयर मूल्य घटेको हो ।


