CLI

मधेश घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषी उम्किँदैनन्: प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायत मधेशका विभिन्न जिल्लामा भएका घटनाको छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने बताएका छन्।

बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले घटनामा संलग्न दोषी जो कोही भए पनि उनीहरूलाई कानुनको दायरामा ल्याउन सरकार दृढ र प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

प्रधानमन्त्री शाहले सरकारले परिस्थिति सामान्य बनाउन तथा थप अप्रिय घटना हुन नदिन सुरक्षा निकाय, स्थानीय प्रशासन र सम्बन्धित निकायमार्फत आवश्यक कदम चालिरहेको जानकारी दिए। उनले सामाजिक सद्भाव बिगार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्दै सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गरे।

Leave Your Comment

Related News