RE
Global College

कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक शेयर बिक्री गर्दा पहिलो प्रथामिकता विद्यमान संस्थापक सेयरधनीहरूलाई दिनुपर्ने भएकोले उक्त सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

सेयर खरिद गर्न चाहने बैंकका विद्यमान संस्थापक सेयरधनीले आगामी ३५ दिन भित्र काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ। सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ।

NECO

Leave Your Comment

Related News