CLI

१२.९६ अंकले बढ्यो नेप्से,कारोबार रकममा पनि वृद्धि

काठमाडौं । नेप्से परिसूचक १२.९६ बढेर २६८५.५४ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३३७ वटा कम्पनीको ८८ लाख ५१ हजार २१६ कित्ता शेयर कारोबार हुँदा ३ अर्ब ७५ करोड ९७ लाख रुपैयाँ पुगेको छ । विहिबारको तुलनामा कारोबार रकम ३७ करोड ८१ लाख रुपैयाँले  घटेको हो  । विहिबार कारोबार रकम ३ अर्ब ३८ करोड १६ लाख रुपैयाँ थियो।

सेन्सेटिभ इन्डेक्स २.४४ अंकले बढेर ४७०.३ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स १.०० र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.९७ अंकले गटेको छ ।

यस दिन ११ उप समूह बढेका छन् भने २ उप समुह घटेको छ । बैंकिङ ०.७२ प्रतिशत, विकास बैंक ०.४८,वित्त ०.१८, होटल्स तथा पर्यटन समूह ०.४८, जलविद्युत०.६९, लगानी ०.२३, जीवन बीमा ०.१९, उत्पादन र प्रशोधन ०.२५, लघुवित्त ०.२४, म्युअुचल फण्ड ०.२५ र अन्य समूह ०.९३ प्रतिशतले बढेका छन्। निर्जीवन बीमा ०.१६ प्रतिशत र व्यापार समूह ०.०७ प्रतिशतले घटेका छन् ।

एभरेष्ट कलर लिमिटेडको शेयर यस दिन १५ प्रतिशतले बढेको छ । त्यस्तै, भ्यालु फण्ड २ को इकाईमूल्य ८ प्रतिशत बढेको छ भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ ।

कारोबार रकमका आधारमा यस दिन रिडी पावर कम्पनी पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १७ करोड २६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन ग्लोबल आइएमई बैंकको कारोबार रकम १५ करोड रुपैयाँ नाघेको छ भने सेन्ट्रल फाइनान्सको करिब १५ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

Leave Your Comment

Related News