CLI

ललितपुर मालपोतका तीन कर्मचारीसहित दुई लेखापढी व्यवसायी घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको लगनखेलस्थित भूमि प्रशासन कार्यालय (मालपोत) का तीन कर्मचारी र दुई लेखापढी व्यवसायी (लेखन्दास)लाई घुससहित रंगेहात पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मालपोत कार्यालयका नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर तथा लेखन्दास शैलेन्द्र रानामगर र समीर कटवाल रहेका छन्।

अख्तियारका अनुसार उनीहरूले मिलेमतोमा जग्गाको बकसपत्र गराउने काममा सेवाग्राहीलाई अनावश्यक दुःख–हैरानी दिँदै घुस मागेका थिए।

सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनीहरूलाई ललितपुर महानगरपालिका–४ स्थित एक होटलबाट रंगेहात पक्राउ गरेको हो।

कारबाहीका क्रममा घुसबापत लिएको तीन लाख रुपैयाँका साथै स्रोत नखुलेको २४ हजार ८९० रुपैयाँ समेत बरामद भएको अख्तियारले जनाएको छ।

Leave Your Comment

Related News