CLI

जेठसम्म १ खर्ब ३९ अर्ब सेयर कर्जा प्रवाह, कुन बैंकको कति?

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा (साउन-जेठ) वाणिज्य बैंकहरुको सेयर धितो कर्जा प्रवाह ३१.६३ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुले १ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले १ खर्ब ६ अर्ब १८ करोड ६० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए।

वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै सेयर कर्जा प्रवाह गर्नेमा नबिल बैंक शीर्ष स्थानमा छ। नबिल बैंकले १७ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो आवको तुलनामा १६.२९ प्रतिशतले बढी हो।

त्यस्तै दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकको कर्जा प्रवाह २५.३१ प्रतिशतले बढेर १४ अर्ब ५३ करोड ९० लाख रुपैयाँ पुगेको छ। यो रकम अघिल्लो आवको तुलनामा २ अर्ब ९३ करोड रुपैयाँ बढी हो। कुमारी बैंकले १० अर्ब ४४ करोड, प्राइम कमर्सियल बैंकले ९ अर्ब ८५ करोड, लक्ष्मी सनराइज बैंकले ९ अर्ब ५० करोड ७० लाख र सिद्धार्थ बैंकले ९ अर्ब १३ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्।

यता, कृषि विकास बैंकको सेयर कर्जा १४२.०२ प्रतिशत र माछापुच्छ्रे बैंकको १०९.९२ प्रतिशतले बढेको छ। कृषि विकास बैंकले जेठसम्म ८ अर्ब ६४ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ (अघिल्लो आवमा ३ अर्ब ५७ करोड रुपैयाँ मात्र थियो)। माछापुच्छ्रे बैंकले अघिल्लो वर्ष २ अर्ब २९ करोड ७० लाख रुपैयाँ प्रवाह गरेकोमा समीक्षा अवधिमा बढेर ४ अर्ब ८२ करोड २० लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा नेपाल बैंक, सिटिजन्स बैंक र नेपाल एसबिआई बैंक गरी ३ वाणिज्य बैंकको सेयर धितो कर्जा घटेको छ। नेपाल बैंकको कर्जा ७ अर्ब ७२ करोड ७० लाखबाट घटेर ६ अर्ब ६१ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ। सिटिजन्स बैंकले ६ अर्ब ८५ करोडबाट घटेर ५ अर्ब ८१ करोड ३५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो आवको तुलनामा १ अर्ब ३ करोड ८० लाख रुपैयाँले कम हो।

Leave Your Comment

Related News