RE
Global College

परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सोमबार काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रबाट उनलाई पक्राउ गरेको हो।

सिआइबीका अनुसार भट्टराईमाथि राहदानी ऐन अन्तर्गत कसुर गरेको आरोप छ। अनुसन्धानका क्रममा ट्राभल डकुमेन्ट बनाउन नमिल्ने व्यक्तिलाई ट्राभल डकुमेन्ट उपलब्ध गराएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

NECO

Leave Your Comment

Related News