CLI

निर्जिवन कम्पनीले शेयर बजार उचाल्दा एक अंकले मात्र घट्यो नेप्से, सवा अर्बले बढ्यो कारोबार रकम

काठमाडौं । गत साता सोमबार देखि घटेको सेयर बजार सोमबार पनि घटेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज , नेप्से १.२० अंकले घटेर २६८४.३३ विन्दुमा पुगेर बन्द भएको हो ।

सोमबार सेन्सेटिभ इन्डेक्स ०.४९ अंकले घटेर ४७०.६३ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.१४ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.१७ अंकले घटेको हो ।

सोमबार ३४९ वटा कम्पनीको १ करोड १४ लाख ४९ हजार ९८७ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ४ अर्ब ५७ करोड २० लाख पुगेको छ । जुन बिहीबारको तुलनामा १ अर्ब १९ करोड ७ लाखले बढी हो ।
बिहीबार ३२२ वटा कम्पनीको ७५ लाख ४८ हजार ५९१ कित्ता शेयर खरिद बिक्र िहुँदा कारोबार रकम ३ अर्ब ३८ करोड १३ लाख पुगेको थियो ।
यसदिन ८ वटा उपसमूह बढ्दा ५ वटा उपसमूह घटेको छ । बैंकिङ ४ , विकास बैंक १३, होटल र पर्यटन १, जलविद्युत ०.३१, जीवन बीमा १२, लघुवित्त १४, म्युअुचल फण्ड ०.१० र निर्जीवन बीमा ३३ अंकले बढ्दा वित्त ७, लगानी ०.१०, उत्पादन र प्रशोधन ६१, व्यापार ३२ र अन्य समूह १६ अंकले घटेको हो ।
यसदिन १२६ वटा कम्पनीको शेयर मूल्य बढ्दा १४१ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

यसदिन सर्वाधिक कमाउने शेयरहरुमा एभरेष्ट कलरको १५ प्रतिशत, सप्तकोशी विकास बैंकको १२ प्रतिशत,माहुली लघुवित्तको ७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
रिलायन्स स्पिङ मिल्सको ७ प्रतिशत, साल्पा विकास बैंकको ४ प्रतिशत र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३ प्रतिशतले शेयर मूल्य घटेको हो ।

 

Leave Your Comment

Related News