CLI

सिद्धार्थ बैंकको नाफा ४.५४ प्रतिशतले बढ्यो, लाभांश क्षमता भने घट्यो

काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार बैंकको नाफामा सुधार आएको छ। समीक्षा अवधिमा बैंकको खुद नाफा ४.५४ प्रतिशतले बढेर ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ३६ करोड ६५ लाख ९४ हजार २८२ रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ। बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ४३ करोड ९८ लाख रुपैयाँबाट बढेर ९ अर्ब ५ करोड १२ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, बैंकको सञ्चालन नाफा ३.७७ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ९८ करोड ३१ लाख ३४ हजार ४४५ रुपैयाँ रहेको सञ्चालन नाफा गत आर्थिक वर्षमा बढेर ५ अर्ब ९ करोड ९४ लाख ८९ हजार ५९६ रुपैयाँ पुगेको छ। तर, कर्जा हानि व्यवस्था (इम्पेयरमेन्ट चार्ज) १३ करोड ७५ लाख रुपैयाँबाट बढेर १७ करोड ६६ लाख रुपैयाँ पुगेपछि खुद सञ्चालन आम्दानी भने ९ अर्ब ७२ करोड ३३ लाख रुपैयाँबाट बढेर १० अर्ब २८ करोड ५२ लाख रुपैयाँमा सीमित भएको छ।

असार मसान्तसम्म बैंकले ३ खर्ब २७ अर्ब १ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३३ अर्ब ८७ करोड २६ लाख ३५ हजार २५३ रुपैयाँ कर्जा प्रवाह गरेको छ। १८ अर्ब २९ करोड ४४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १६ अर्ब ९२ करोड रुपैयाँ जम्मा छ।यसैका कारण कर्जा–निक्षेप अनुपात भने ७६.९२ प्रतिशतबाट घटेर ७३.६३ प्रतिशतमा झरेको छ।

यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी  २३.०६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २२५.१७ रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.६६ प्रतिशतबाट बढेर १.०६ प्रतिशत पुगेको छ।

बैंकको खराब कर्जा ०.६६  प्रतिशत बाट बढेर १.०६ प्रतिशत  पुगेको छ  ।  खराब कर्जा  बढेसँगै बैंकको लाभांश क्षमता भने घटेको छ। अघिल्लो वर्ष १३.०४ प्रतिशत रहेको लाभांश क्षमता घटेर ११.५३ प्रतिशतमा खुम्चिएको छ।

Leave Your Comment

Related News