CLI
Global College

को-को परे आयल निगमको कार्यकारी निर्देशकको संक्षिप्त सूचीमा ?

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्ति प्रक्रियामा तीन जनाको नाम संक्षिप्त सूची (सर्टलिस्ट) गरिएको छ। कार्यकारी निर्देशक छनोटका लागि गठित सिफारिस समितिले मूल्याङ्कनका आधारमा सर्वाधिक अंक प्राप्त गरेका तीन उम्मेदवारको नाम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सिफारिस गरेको हो।

समितिले साउन १७ गते सम्पन्न कार्यसम्पादन योजना प्रस्तुति, अन्तर्वार्ता तथा समग्र मूल्याङ्कनका आधारमा धनुषाका नागेन्द्र साह (सीए), प्युठानका कौशल केसी र सप्तरीका सञ्जीवकुमार देव को नाम सिफारिस गरेको जनाएको छ।

निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि गत असार २ गते आवेदन आह्वान गरिएको थियो। तत्कालीन कार्यकारी निर्देशक चण्डिका भट्ट ले गत वैशाख ३० गते राजीनामा दिएपछि उक्त पद रिक्त रहँदै आएको छ।

आवेदन दिएका उम्मेदवारमध्ये कार्यसम्पादन योजना प्रस्तुति, अन्तर्वार्ता तथा मूल्याङ्कन प्रक्रियाबाट उत्कृष्ट अंक प्राप्त गरेका तीन जनाको नाम सिफारिस गरिएको हो।

अब सिफारिसमा परेका तीन जनामध्ये एक जनालाई कार्यकारी निर्देशक नियुक्त गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्नेछन्।

सिफारिसमा परेका उम्मेदवारमध्ये नागेन्द्र साह यसअघि नेपाल आयल निगममा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीसमेत सम्हालिसकेका व्यक्ति हुन्।

Leave Your Comment

Related News